FAQs Complain Problems

सुचना तथा समाचार

नौकुण्ड गाउँपालिकाको संक्षिप्त परिचय (वस्तुगत विवरण सहित) ।

नौकुण्ड गाउँपालिका बागमती प्रदेशको रसुवा जिल्लामा अवस्थित छ | वि.सं. २०७३/११/२७ गते राजपत्रमा सूचना प्रकाशित भए संगै देशका विभिन्न ७५३ वटा स्थानीय तह संगै यो गा.पा. पनि अस्तित्वमा आएको हो | पूर्वमा गोसाईकुण्ड गा.पा. र नुवाकोट जिल्ला, पश्चिममा कालिका गा.पा., उत्तरमा गोसाईकुण्ड गा.पा. तथा दक्षिणमा नुवाकोट जिल्लाको सिमानासंग जोडिएको यो गा.पा. १२६.९९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ | स्थानीय वासिहरुलाई सर्वसुलभ ढंगले सेवा उपलब्ध गराउन यो गाउँपालिकालाई जम्मा ६ वटा वडामा विभाजन गरिएको छ | साबिकका यार्सा,सरमथली र भोर्ले गा.वि.स.लाई समावेश गरि यो गा.पा.को निर्माण गरिएको हो |रसुवा जिल्लाकै सबैभन्दा बढी जनसंख्या रहेको यो गा.पा को कुल जनसंख्या ११८२४ रहेको छ |

रसुवा जिल्लाकै सबैभन्दा बढी जनसंख्या भएको नौकुण्ड गाउँपालिकाको सबै भन्दा ठुलो सबल पक्ष यसको मानव संसाधन रहेको छ | यसका अतिरिक्त  यस गाउँपालिकामा रहेका नदि नाला,वन,कृषि योग्य भूमिले यस गाउँपालिकाको विकासलाई सकारात्मक दिशा तर्फ डोर्याउन सहयोग गर्ने विषयमा दुई मत छैन | साथै नुवाकोट जिल्लाका अतिरिक्त कालिका र गोसाईकुण्ड गाउँपालिकासंग यस गाउँपालिकाको सिमाना जोडिनुले यस गाउँपालिकाको विकासमा अथाह सम्भावना थपेको छ |

यद्यपी यस गाउँपालिकामा विद्यमान गरिबी, अशिक्षा, पर्याप्त संचार सुविधाको अभाव, उद्योग कलकारखानाको अभाव,सरसफाई सम्बन्धि जनचेतनाको अभाव,परम्परागत र निर्वाहमुखी कृषि प्रणाली,सडक संजालको अपेक्षाकृत विस्तार नहुनु,सक्षम मानव संसाधनको विदेश पलायन, बाल विवाह आदि यस गाउँ पालिकाका प्रमुख समस्याका रुपमा रहेका छन् |

स्थानिय तहको निर्वाचन सम्पन्न भए पश्चात यस गाउँपालिकामा समेत राजनीतिक नेतृत्वको अभावमा लामो समयसम्म विद्यमान रहेको राजनीतिक शुन्यताको अन्त्य भएको छ | स्थानीय शासन र विकास निर्माणमा प्रत्यक नागरिक आफै संलग्न हुने वातावरण बनेको छ | राजनीतिक प्रणालीप्रति नागरिकको भरोसा पुनर्स्थापित हुने क्रममा रहेको छ | यस गाउँपालिकाको बजेट तुलनात्मक रुपमा ढिलो प्रस्तुत भएता पनि विकासका प्रत्येक आयाम र विकास प्रक्रियामा प्रत्येक विषयगत कार्यालयहरुले भूमिका खेल्न सक्ने गरि बजेट तर्जुमा गरिएको छ |

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.