FAQs Complain Problems

सुचना तथा समाचार

समुह सुचिकृत गर्ने सम्वन्धि सूचना प्रकाशन गरिएको संम्बन्धमा ।

नौकुण्ड गाउँपालिका पशु सेवा शाखाको आ.व २०७९/०८० वार्षिक स्वीकृत कार्यक्रम अनुसार गाउँपालिका भित्र पशुपालन व्यवसाय गरिरहेका कृषकहरुलाई सामुहिक रुपमा समुह मार्फत एक्यबद्दता गरी कृषि तथा पशु पालक कृषक समुह मार्फत कृषि तथा पशुपन्छी उत्पादनलाई दिगो र प्रभावकारी बनाउने उदेश्यले यस नौकुण्ड गाउँपालिकामा आ.व २०७९/०८० मा समूह गतिशीलता कार्यक्रम रहेको हुँदा सम्पूर्ण यस गाउँपालिका भित्र रहेका समुह हरुलाई सुचिकृत हुन जानकारीको लागि सूचना प्रकाशन गरिएको छ ।

 

नोट: यस गाउँपालिका भित्र रहेका समुह हरुलाई सुचिकृत हुन सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र कृषि विकास शाखा तथा पशु सेवा शाखा मा सुचिकृत गर्न हुन जानकारी छ ।

 

आवश्यक कागजातहरु:

-सम्वन्धित वडाको सिफारिस

- दर्ता भएको दर्ता प्रमाणपत्र / नयाँ दर्ता गर्न पर्नेहरुको लागि वडाको सिफारिस - उत्पादन खुल्ने गरि समुहको संछिप्त व्यवसायिक योजना

-नियमित बैठक रहेको माइनुटको प्रतिलिपि

 

सम्पर्क व्यक्ति:

सुमन घिमिरे ९८१७३३७३६४ केशब बजगाई ९८१००५७७९०

आर्थिक वर्ष: