FAQs Complain Problems

सुचना तथा समाचार

नौकुण्ड गाउँपालिकाको आयोजना तथा पूर्णिमा कार्यक्रमको प्राबिधिक सहयोगमा मिती २०७६ पौष ६ देखि १० गते सम्म नौकुण्ड गाउँपालिका,सरमथली रसुवामा स्थानिय सरकारको स्वमुल्यांकन तथा स्व लेखाजोखा कार्यक्रम सम्पन्न सम्बन्धि जानकारी |

नौकुण्ड गाउँपालिकाको आयोजना तथा पूर्णिमा कार्यक्रमको प्राबिधिक सहयोगमा मिती २०७६ पौष ६ देखि १० गते सम्म नौकुण्ड गाउँपालिका,सरमथली रसुवामा स्थानिय सरकारको स्वमुल्यांकन तथा स्व लेखाजोखा कार्यक्रम सम्पन्न भएको छ । उक्त लेखा जोखा कार्यक्रममा गाउँपालिका प्रमुख श्री नुर्वु स्याङवो घले, उपाध्यक्ष श्री सिर्जना लामा, प्रमुख प्रशासकिय अधिकृत श्री लोकहरी थापा, ६ वटा वडाका वडाध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, वडासदस्यहरु, गाउँपालिकाका बिषयगत शाखाका संयोजक कर्मचारीहरु, बुद्धिजीवी, समाजसेवी तथा नागरीक समाजका प्रतिनिधीहरुको सहभागीतामा वार्षिक कार्य योजना बनाई समापन भएको छ ।