FAQs Complain Problems

सुचना तथा समाचार

आर्थिक वर्ष २०७५/०७६ को लागि नौकुण्ड गाउँपालिकाको नीति तथा कार्यक्रम |

आ.व.२०७४/७५ को योजना प्रगतिको समिक्षा एवं २०७५/७६ को लागि नौकुण्ड गाउँपालिकाको नीति तथा कार्यक्रम |

नौकुण्ड गाउँपालिकाका प्रमुख श्री नुर्वु स्याङबोज्यूको अध्यक्षतामा,  कार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिहर कार्की, वडा अध्यक्षहरु,कार्यपालिकाका सदस्यहरु, विभिन्न राजनैतिक दलकाप्रतिनिधि,कर्मचारी,शिक्षक,विद्यार्थी,सरोकारवालाहरु,पत्रकार,सरकारी एव. गैर सरकारी संस्थाका प्रतिनिधि र नौकुण्ड गाउँपालिकाका जनताहरुको उपस्तिथिमा नौकुण्ड गाउँपालिकाका उप-प्रमुख सिर्जना लामाज्यूद्वारा आर्थिक वर्ष २०७४/०७५ को योजना प्रगतिको समिक्षा एवं २०७५/७६ को वजेट नीति तथा कार्यक्रमको सार्वजनिकरण प्रस्तुत भएको थियो |

       उक्त कार्यक्रममा नौकुण्ड गाउँपालिकाका सबै वडा अध्यक्षहरुले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो | कार्यक्रममा मनोरंजन प्रदान गर्न विभिन्न विद्यालयका विद्यार्थीहरुले नृत्य र नाटक पनि प्रस्तुत गरेका थिए |नौकुण्ड गाउँपालिककलाई रसुवा जिल्लाको नमुना गाउँपालिका बनाउने र विकासको हरेक क्षेत्रलाई उच्च महत्वका साथ् अघि बढाइ नौकुण्ड गाउँपालिकालाई सम्वृद्धि र विकासको शिखरमा पुर्याउनको निम्ति आफु लगायत आफ्नो टिम सदैव अघि लागि परेको र यसका लागि जनसमुदाय,सरोकारवाला,कर्मचारी,जन प्रतिनिधि,सरकारी तथा गैर सरकारी संस्थालाई आवश्यक सहयोग पुर्याइदिनु हुन आग्रह गर्दै कार्यक्रमको समापनको घोसणा गर्नु भएको थियो |  

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: